Friday 26th December 2025

विमानस्थलबाट सुनको जस्तै देखिने तीन वटा बालासहित एक पक्राउ


तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद रुपमा उभिरहेको देखेको थियो। शंकास्पद रूपमा उनलाई प्रहरीले देखेपछि निगरानी बढाएको थियो।

त्यसैक्रममा उनी त्यहाँ सुन संकलन गर्न बसेको खुलेको प्रहरीको दावी छ। उनले साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएकाहरूसँग सुन संकलन गर्दै थिए। विभिन्न यात्रुहरूलाई भन्सार छल्न लगाइ सुन ल्याएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

बालासहित बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।

@सेतोपाटी डटकमबाट


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...