Thursday 22nd January 2026

महाधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन् । यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ ।

बिहीबार सुरु भएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो । वरिष्ठ नेता नेपालले पनि आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् ।अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । जुन बैठकमा नेपाल समूह उपस्थित थिएन ।

नेपाल पक्षको बिहीबारको बैठकले भने ओली पक्षको निर्देशन रोक्नुपर्ने माग गरेको हो । वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ । नेपाल पक्षका नेताहरुले अधिवेशन प्रक्रिया रोक्न कार्यदलका ओली पक्षीय नेताहरुसँग आग्रह गरेका छन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...