Tuesday 6th October 2026

साझा कार्यक्रम बनाई सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ । ‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ ।’

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै तीन दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...