Friday 23rd January 2026

कुवेत सरकारद्वारा नया निर्देशन जारी, धेरै जनसंख्या भएका क्षेत्रहरूमा खोपको गति बढाउने


तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस ​ निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा खोप अभियान अगाडि बढाउनु पर्ने बताएका छन।

अहिले पनि कुवेतका केही क्षेत्रहरुमा कोरोना भाइरस उकालो लाग्ने क्रम जारी छ। जस मध्य अल अहमदी र हवाली दुबै क्षेत्रमा कोरोना भाइरस बढ़ी देखिएको छ भने देशको सबै भन्दा ठूलो जनसंख्या यी दुबै क्षेत्रमा रहेका छन । डा. खालिद अल जराल्लाहले थपे, कुवेतमा कुनै पनि किसिमको कर्फ्यू वा लकडाउन लगाउने योजना छैन।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...