Thursday 11th June 2026

एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने


सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ। एजेण्डाविहीन बनेको बैठक विना निश्कर्ष टुंगिएको एमालेका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसालले बताए।

बिहीबार साँझ ७ बजे कार्यदलको बैठक बोलाइए पनि बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल उपस्थित नभएपछि बैठक बस्न नसकेको नेता भुसालले बताए। उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल मन्त्रिपरिषद् बैठकमा जानु परेको भन्दै कार्यदलको बैठकमा नआएपछि बिहीबारको बैठक टुंगिएको बताए। उनले भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरु तय गरेका थियौं। गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं।’

उनले आजका लागि निर्धारण गरिएको बैठक नभएपछि शुक्रबारका लागि तोकिएको बताए। उनका अनुसार बैठक भोलि विहान ११ बजे बस्नेछ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्। अमेरिकी हेलिकोप्टर…

प्रतिकृयाहरू
...