Tuesday 6th October 2026

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले गठन गर्‍यो विशेष इजलास


काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्।

३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले दिएको छ। दुबै पक्षलाई आयोगले आफ्ना आधिकारिक प्रतिनिधि पठाउन पत्राचार गरेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाई भने नरोकिने आयोगले जनाएको छ।

आयोगमा दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले मंगलबार सहमति दिएपछि आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको हो। ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा बहुमतमा छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...