Saturday 22nd August 2026

लघुकथा: दुनाटपरी -नारायण कोइराला


दुनाटपरी गाउँमा महिलाहरुदेखि पुरुषसम्म पनि दुनाटपरी खुट्न खम्पिस थिए । खेतीपातीको समयमा खेतीबारीको काम हुन्थ्यो । बाँकी समयमा गाउँको प्रत्येक घरको पिंडीमा मानिसहरू दुनाटपरी खुटी रहेको देखिन्थियो । न त गाउँमा जुवातास खेल्ने गरेको पाइन्थ्यो न त मोजमस्तीमा समय खेर फालेको देखिन्थ्यो । एकपाने दुइपाने पिएर हिड्ने मानिस पनि देखिँदैन थियो । गजबको गाउँ थियो दुनाटपरी गाउँ । टाढा,टाढा सम्म दुनाटपरी गाउँको नाम चलेको थियो । शहरदेखि मानिसहरू दुनाटपरी लिन गाउँमा मानिस आऊने गर्दथे । गाउँलेहरू खुसी थिए ।

दुनाटपरी गाउँमा विकासको नाममा जगल फडानी हुन थाल्यो । डाँडा,पाखा उजाड हुँदै गए । रातारात काठपात चोरी हुन थाल्यो । मानिसहरू जगल फडानी रोक्नलाई कोसिस गरिरहे । गाउँलेको कोसिस सबै बेकार भयो । दुनाटपरी गाउँको नाम मात्र सीमित भयो । पिंडीमा दुनाटपरी देखिन छोडे ।

गाउँमा आजभोलि एउटा सानो उद्योग खुलेको थियो । जसको नाम दुनाटपरी नै थियो तर त्यो दुनाटपरी गाउँलेले पिंडीमा बसेर खुट्ने जस्तो थिएन्। पलाष्टिकको थियो । गाउँभरि पातको दुनाटपरी देख्न सकिंदैन थियो ।

डाँडा पाखा त उजाड नै भए । गाउँमा आजभोलि पलास्टिकको दुनाटपरीको बिगबिगी छ । जता गयो उतै पलास्टिक मात्र देखिन्छ । त्यो सुन्दर गाउँको वातावरण हरियाली र दुनाटपरी गाउँबाट मरुभूमि जस्तो भएको देखिन्छ । जताततै पुराना पलास्टिक फालिएको देख्न सकिन्छ ।जसले वातावरण बिगारी रहेको छ । जंगल फडानीले डाँडापाखा बाढी पहिरोले बगाउँदै छ । दुनाटपरी गाउँ पलास्टिक टपरी गाउँ भएकाे छ ।

-नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...