Saturday 27th December 2025

लघुकथा: दुनाटपरी -नारायण कोइराला


दुनाटपरी गाउँमा महिलाहरुदेखि पुरुषसम्म पनि दुनाटपरी खुट्न खम्पिस थिए । खेतीपातीको समयमा खेतीबारीको काम हुन्थ्यो । बाँकी समयमा गाउँको प्रत्येक घरको पिंडीमा मानिसहरू दुनाटपरी खुटी रहेको देखिन्थियो । न त गाउँमा जुवातास खेल्ने गरेको पाइन्थ्यो न त मोजमस्तीमा समय खेर फालेको देखिन्थ्यो । एकपाने दुइपाने पिएर हिड्ने मानिस पनि देखिँदैन थियो । गजबको गाउँ थियो दुनाटपरी गाउँ । टाढा,टाढा सम्म दुनाटपरी गाउँको नाम चलेको थियो । शहरदेखि मानिसहरू दुनाटपरी लिन गाउँमा मानिस आऊने गर्दथे । गाउँलेहरू खुसी थिए ।

दुनाटपरी गाउँमा विकासको नाममा जगल फडानी हुन थाल्यो । डाँडा,पाखा उजाड हुँदै गए । रातारात काठपात चोरी हुन थाल्यो । मानिसहरू जगल फडानी रोक्नलाई कोसिस गरिरहे । गाउँलेको कोसिस सबै बेकार भयो । दुनाटपरी गाउँको नाम मात्र सीमित भयो । पिंडीमा दुनाटपरी देखिन छोडे ।

गाउँमा आजभोलि एउटा सानो उद्योग खुलेको थियो । जसको नाम दुनाटपरी नै थियो तर त्यो दुनाटपरी गाउँलेले पिंडीमा बसेर खुट्ने जस्तो थिएन्। पलाष्टिकको थियो । गाउँभरि पातको दुनाटपरी देख्न सकिंदैन थियो ।

डाँडा पाखा त उजाड नै भए । गाउँमा आजभोलि पलास्टिकको दुनाटपरीको बिगबिगी छ । जता गयो उतै पलास्टिक मात्र देखिन्छ । त्यो सुन्दर गाउँको वातावरण हरियाली र दुनाटपरी गाउँबाट मरुभूमि जस्तो भएको देखिन्छ । जताततै पुराना पलास्टिक फालिएको देख्न सकिन्छ ।जसले वातावरण बिगारी रहेको छ । जंगल फडानीले डाँडापाखा बाढी पहिरोले बगाउँदै छ । दुनाटपरी गाउँ पलास्टिक टपरी गाउँ भएकाे छ ।

-नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...