Sunday 4th October 2026

रूसको भीषण आक्रमणमा किभमा १४ जनाको मृत्यु, दर्जनौँ घाइते


रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका कारण राजधानीका विभिन्न स्थानमा रहेका अस्पताल, विद्यालय, आवासीय भवन तथा गोदामहरू क्षतिग्रस्त भएका छन्। आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको र उद्धारकर्मीहरू प्रभावित स्थानमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले लामो समयदेखि तयारी गरेर मिसाइल र ड्रोनको संयुक्त प्रयोगमार्फत नागरिक पूर्वाधारमा अधिकतम क्षति पुर्‍याउने प्रयास गरेको आरोप लगाएका छन्। उनले युक्रेनसँग हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइलको ठूलो अभाव रहेको समेत बताएका छन्।

रूसको रक्षा मन्त्रालयले भने किभ क्षेत्रका सैन्य सुविधा, यातायात तथा रसद केन्द्र र गोदामहरूलाई लक्षित गरी उच्च सटीकतायुक्त हतियार प्रयोग गरेर आक्रमण गरिएको दाबी गरेको छ।

किभ बाहेक चेर्निहिभ, ओडेसा, झितोमिर, खेर्सोन, खार्किभ र दोनेत्स्क क्षेत्रमा पनि आक्रमण भएको जनाइएको छ। क्षेत्रीय प्रशासनका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनभर २३ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।

यसैबीच, आक्रमणका क्रममा एक रूसी ड्रोन रोमानियाको तुल्चिया क्षेत्रमा खसेको रोमानियाली रक्षा मन्त्रालयले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पोल्यान्डले पनि आफ्नो हवाई सुरक्षा सतर्कता बढाएको छ।

रूस र युक्रेनबीच पछिल्ला हप्ताहरूमा ड्रोन तथा मिसाइल आक्रमण तीव्र बन्दै गएको छ। हालै युक्रेनले पनि रूसतर्फ सयौँ ड्रोन प्रयोग गरेर ठूलो हवाई आक्रमण गरेको थियो।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...