Tuesday 29th September 2026

४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न


कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण र २५ प्रतिशत प्रवर्द्धक पक्षबाट जुटाइनेछ।

आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। वार्षिक २,३१८ गिगावाट-घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले लामो समयदेखि रोकिएको आयोजना अघि बढेकोमा स्वागत गर्दै यसले कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...