Tuesday 6th October 2026

मलेसियाको जेलमा १६३ नेपाली, घर फिर्ती केन्द्रमा ६९ जना


तीतोपाटी डटकम-क्वालालम्पुर । मलेसियाको जेलमा हाल एक सय ६३ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका द्धितीय सचिव प्रेमबहादुर थापाले दिएको जानकारी अनुसार यी नेपालीहरू मलेसियाको विभिन्न जेलमा रहेका छन्। उनीहरू माथि कानून उल्लङ्घनको आरोप छ।

द्धितिय सचिव थापा भन्छन्, ‘ अहिले मलेसियाको विभिन्न जेलमा १ सय ६३ नेपाली कैद सजाय भोगिरहेका छन्।’ थापाले कैद सजाय भुक्तान गरिसकेका ६९ जना नेपाली भने स्वदेश फर्किन घर फिर्ती केन्द्रमा बसेका छन्। ‘६९ जनाले कैद भुक्तान गरिसक्नु भएको छ। उहाँहरू यतिबेला घर फिर्ती केन्द्रमा बस्नु भएको छ।’

केही दिनअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरसँग कोरोनाका कारण उडान बन्द हुँदा कैद सजाय भूक्तान गरेर फिर्ती केन्द्रमा रहेका नेपालीलाई पठाउन समस्या भएको बताएका थिए।

साभार-प्रवास खबर(सांकेतिक तस्वीर)


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...