Tuesday 20th January 2026

बहराइनमा कागजपत्र नभएका नेपालीलाई पनि कोरोना खोप लगाउन आग्रह


तीतोपाटी डटकम-बहराइनमा कार्यरत नेपाली श्रमिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ।बहराइनको मान्मामा रहेको नेपाली दूतावासले यसअघि पनि नेपाली श्रमिकलाई खोप लगाउन आग्रह गरेको थियो। दूतावासको आग्रहपछि उल्लेख्य मात्रामा केही नेपालीले खोप लगाए पनि अझैं बाँकी रहेका छन्।

त्यसैले दूतावासले पुनः अर्को सूचना सार्वजनिक गरेको हो। दूतावासद्धारा जारी नयाँ सूचनामा भनिएको छ, ‘विविध कारणवश अथवा कागजपत्र नहुँदा रजिस्ट्रेशन गर्न असमर्थ हुनुभएका सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई खोप लगाउन आग्रह गर्दछौं।’
बहराइन सरकारले आफ्नो नागरिक सरह नै यहाँ कार्यरत विदेशी नागरिकलाई पनि निःशुल्क खोप उपलब्ध गराएको छ। केही नेपालीको कागजपत्र नहुँदा उनीहरू खोपका लागि रजिस्ट्रेशन गर्न डराइरहेका छन्। तर, दूतावासले यो विशुद्ध मानवीय कार्य भएको भन्दै सबैलाई खोप लगाउन आग्रह गरेको छ।हालै जारी विज्ञप्तीमा बहराइनको ३ विभिन्न ठाउँबाट खोप उपलब्ध गराइने बताइएको छ।

बहराइन सरकारले आफ्नै देशका नागरिक सरह विदेशी कामदारलाई पनि खोप लगाउन सर्वसुलभ गरेपछि नेपाली राजदूत पदम सुन्दासले यस कार्यको स्वागत गरेका थिए। उनले भनेका थिए,‘सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिन चाहन्छु।’

यहाँ रहेको नेपाली समुदायलाई उत्प्रेरणा मिलोस् भनेर राजदूत सुन्दास आफैले खोपको दुवै डोज लिइसकेका छन्। उनले बहराइनमा रहेका नेपालीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका थिए।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...