Monday 1st December 2025

कुवेतमा लोकल मदिरा सहित तीन नेपाली पक्राउ


तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको

कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। साल्मीक्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा छापा मारेको हो।

झारा सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापामार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको छ। जसमध्य ब्यारल लोकल मदिरा सहित ठुलो मात्रमा प्रहरीले बरामद गरेको थियो

पक्राउ परेकाहरु तिनै जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको भने कानुनी कारवाई अनुसारदेश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

प्रतिकृयाहरू
...