Saturday 26th September 2026

कुवेतमा लोकल मदिरा सहित तीन नेपाली पक्राउ


तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ ।

कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। साल्मीक्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा छापा मारेको हो।

झारा सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापामार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको छ। जसमध्य ब्यारल लोकल मदिरा सहित ठुलो मात्रमा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेकाहरु तिनै जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने कानुनी कारवाई अनुसारदेश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...