Thursday 14th May 2026

प्रतिनिधिसभा विघटनविरुद्ध सबै रिटको सुनुवाइ सं‌वैधानिक इजलासमा


संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद्‍ विघटनसम्बन्धी  १९ वटा  रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएसँगै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ।

संसद्‍ विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् । संसद् विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि अर्थात् शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

यसअघि पाँच गठबन्धनका १४६ जना सांसदले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति  र प्रतिनिधिसभा पुनर्स्थापना गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधी निर्वाचनको मिति पनि तोकिसकेकी  छन्। संसद् विघटन असंवैधानिक भन्दै ३० वटा रिट सर्वोच्चमा दायर भएका छन्।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद्‍ विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। सर्वोच्चको संवैधानिक इजलासमा करिब डेढ महिना बहस भएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...