Sunday 27th September 2026

नेपालमा कोरोनाः अहिले सम्मकै सबैभन्दा धेरै ८८ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी रूपमा सबैलाइ अाक्रान्त बनाइरहेको कोरोना महामारीको संक्रमणबाट नेपालमा   पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ३ हजार ७ सय २० पुगेको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८८५० जना नयाँ संक्रमित थपिएका छन् ।

कुल १९,३८७ जनाको पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। पछिल्लो २४ घण्टामा जम्मा ४ हजार २२ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने  नेपालमा अहिले सम्म जम्मा ३ लाख ९४ हजार ६ सय ६७ जना कोरोना संक्रमित भएकोमा जम्मा ३  लाख २ हजार ७ सय ८७ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् ।

हाल अाइसोलेसनमा ८८ हजार १ सय ६० जना र क्वारेन्टिनमा ४१९ जना रहेका छन् भने देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...