Sunday 24th August 2025

सर्लाहीको हरिवन नगरपालिकामा आइसिलोसन बेड सहित फ्री एम्बुलेन्स सेवा


गुलाम नवि मन्सुर, सर्लाही – हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा स्टक राखेको कुरा नगरपालिका प्रशासनले जनाको छ ।

हरिवन नगरपालिकाले आफ्ना नागरिकको जनस्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्वर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शैया र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शैयाको व्यवस्था गरेको छ। हरिवन नगरपालिका को जन- स्वास्थलाई मध्य नजर गर्दै नगरपालिका भित्र विभिन्न संघ सस्थाले निशुल्क- १३वटा एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी गरेको जनकारी नगर प्रमुख गणेश प्रसाईले दिएका छन् ।

प्रसाइले थपे, कोही कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्था राखिएको र अक्सिजनसहितको भेन्टिलिटर भएको शैयाको पनि व्यवस्था गरिएको छ। नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरूमा कोभिड-१९ को संक्रमणको जोखिम कम गर्न नगरपालिका सधैं सजग  अवस्थामा रहेको  साथै बिरामीको थप उपचारका लागि अन्यत्र लानुपर्ने अवस्था भएमा २४ सै घण्टा अक्सिजन सहितको एम्बुलेन्स सेवाको व्यवस्था गरिएको जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...