Monday 17th November 2025

नेपालमा ५१०५ मा परीक्षण गर्दा ५५९ लाई कोरोना, १३ जनाको मृत्यु


नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ।त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...