Sunday 4th October 2026

म आफूले आफूलाई निकै राम्री देख्छु,बिहानै ऐना हेरेर मुस्कुराउँछु-कोमल ओली


काठमाण्डौको जमलस्थित मायालु भवनमा अवस्थित सिल्क फेसनले शनिबार सातौं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओली प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् ।

कोमलले कार्यक्रममा शुभकामना दिदै भनिन्–‘म आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुस्कुराउँछु । कोमल तिमी कती राम्री छौं भन्छु ।’ उनले अगाडि भनिन्–‘आफैले आफूलाई प्रेम गर्न सकेन भने अरुले पनि प्रेम दिदैन । आँखाहरुलाई इष्र्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ ।’

उनले, नेपाली महिला उद्यमीहरुले तयार पारेका डिजाइनहरु विदेशनमा पनि निर्यात हुन थालेको भन्दै कुनै समस्या परेको खण्डमा आफूलाई भन्न पनि आग्रह गरिन् । कार्यक्रममा उपस्थित गायिका सुनिता दुलालले पनि सिल्म फेसनको तारिफ गरिन् । सिल्क फेसनी संचालक श्रृजना पोखरेलले सात वर्षदेखि ग्राहकले आफ्नो डिजाइनलाई मन पराएको बताइन् ।कार्यक्रममा गायिका सहिमा श्रेष्ठ र मोडल खुश्वु खड्काको पनि उपस्थिती थियो ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...