Monday 21st April 2025

म आफूले आफूलाई निकै राम्री देख्छु,बिहानै ऐना हेरेर मुस्कुराउँछु-कोमल ओली


काठमाण्डौको जमलस्थित मायालु भवनमा अवस्थित सिल्क फेसनले शनिबार सातौं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओली प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् ।

कोमलले कार्यक्रममा शुभकामना दिदै भनिन्–‘म आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुस्कुराउँछु । कोमल तिमी कती राम्री छौं भन्छु ।’ उनले अगाडि भनिन्–‘आफैले आफूलाई प्रेम गर्न सकेन भने अरुले पनि प्रेम दिदैन । आँखाहरुलाई इष्र्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ ।’

उनले, नेपाली महिला उद्यमीहरुले तयार पारेका डिजाइनहरु विदेशनमा पनि निर्यात हुन थालेको भन्दै कुनै समस्या परेको खण्डमा आफूलाई भन्न पनि आग्रह गरिन् । कार्यक्रममा उपस्थित गायिका सुनिता दुलालले पनि सिल्म फेसनको तारिफ गरिन् । सिल्क फेसनी संचालक श्रृजना पोखरेलले सात वर्षदेखि ग्राहकले आफ्नो डिजाइनलाई मन पराएको बताइन् ।कार्यक्रममा गायिका सहिमा श्रेष्ठ र मोडल खुश्वु खड्काको पनि उपस्थिती थियो ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले भने कि शुक्रबार रास इसा तेल बन्दरगाहमा अमेरिकी हवाई आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु र १०२ जना…

उत्तरी बंगलादेशका एक प्रमुख हिन्दू नेता भावेश चन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ। यो घटनापछि भारतले बंगलादेशप्रति कडा असन्तुष्टि…

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

प्रतिकृयाहरू
...