Monday 29th December 2025

भारतमा थपिए एकदिनमा संसारकै धेरै कोरोना संक्रमित, ६३० को मृत्यु


छिमेकी देश भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ। मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ।

गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। संक्रमित थपिएसँग भारतमा मृतकको संख्या पनि बढेको छ। पछिल्ला दिनहरूमा दैनिक ५ सयमुनि रहेको मृतकको संख्या मंगलबार बढेर ६ सय नाघेको छ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ६३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या गत वर्ष नोभेम्बर ५ यताकै सबैभन्दा बढी हो।भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ६६ हजारले ज्यान गुमाएका छन्।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...