Thursday 21st May 2026

भारतमा पहिलो पटक एकै दिन १ लाख भन्दा बढिमा कोरोना संक्रमण देखियो, सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा लकडाउन


तीतोपाटी – भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।

भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।

भारतभर एकैदिन देखिएका कोरोना संक्रमित मध्ये महाराष्ट्र राज्यमा मात्रै ५० प्रतिशत भन्दा बढि संक्रमित भेटिएपछि त्यहाँ सोमवारदेखि कडा प्रतिबन्धात्मक नियमहरू लागु गरिएको छ । महाराष्ट्रमा रातिको समयमा कर्फ्यू लगाइने भएको छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ । महारष्ट्रमा सोमबार राति ८ बजेबाट भोलिपल्ट बिहान ७ बजे सम्म कर्फ्यू लगाइने भएको छ भने सप्ताहन्तमा शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजे सम्मको लागि लकडाउन गरिने भएको छ भने अहिले प्रतिबन्धात्मक व्यवस्था अप्रैल ३० तारिक सम्म रहने जनाइएको छ । लकडाउनको समयमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द रहनेछन् ।

मुम्बईबाट करिब १६० किलोमिटर पूर्वमा रहेको पुणे सहरमा कर्फ्यु लागु गरिसकिएको छ। त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको…

प्रतिकृयाहरू
...