Monday 29th December 2025

घरेलु महिला कामदारलाई अबैधानिक रुपमा भगाएको आरोपमा ७ नेपाली पक्राउ


तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ।

कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु पाइने भन्दै उक्साउने काम गरेको अरब टाईम्स कुवेतमा समाचार छ ।

लाइसेन्स प्राप्त कार्यलयको नाम लिएर आफुले राम्रो ठाउँमा काम लगाइदिने जस्ता कुरा गरी घरेलु कामदार भगाउने र अन्य रोजगारदाताहरूलाई ठुलो रकम लिइ बेच्ने गरेको पाइएको छ।

कुवेतको कानूनमा उक्त कार्यलाई ठुलो अपराध मानिने गरिन्छ।

प्रहरीले नक्कली कार्यलयका कागजात सहित कार्यलय चलाइरहेका सात साथै इजाजतपत्र प्राप्त कार्यालयका प्रतिनिधिहरू सहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएको छ।

साथै लामो समय देखि कुवेतमा अवैधानिक कार्यलय खोलेर नक्कली एजेण्टद्वारा धेरै नेपाली महिलाहरुलाई बेचबिखन गर्ने कार्य गरी आएका छन।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...