Thursday 24th September 2026

घरेलु महिला कामदारलाई अबैधानिक रुपमा भगाएको आरोपमा ७ नेपाली पक्राउ


तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ।

कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु पाइने भन्दै उक्साउने काम गरेको अरब टाईम्स कुवेतमा समाचार छ ।

लाइसेन्स प्राप्त कार्यलयको नाम लिएर आफुले राम्रो ठाउँमा काम लगाइदिने जस्ता कुरा गरी घरेलु कामदार भगाउने र अन्य रोजगारदाताहरूलाई ठुलो रकम लिइ बेच्ने गरेको पाइएको छ।

कुवेतको कानूनमा उक्त कार्यलाई ठुलो अपराध मानिने गरिन्छ।

प्रहरीले नक्कली कार्यलयका कागजात सहित कार्यलय चलाइरहेका सात साथै इजाजतपत्र प्राप्त कार्यालयका प्रतिनिधिहरू सहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएको छ।

साथै लामो समय देखि कुवेतमा अवैधानिक कार्यलय खोलेर नक्कली एजेण्टद्वारा धेरै नेपाली महिलाहरुलाई बेचबिखन गर्ने कार्य गरी आएका छन।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...