Thursday 18th September 2025

गोमा कुमालका गजल संग्रह – २


तिम्रो दिलमा बस्नु छ घर देऊ प्यारा ।
मलाई तिम्रो नाम अनि थर देऊ प्यारा ।।

माटोलाई ढुङ्गा भएझैं ढुङ्गालाई माटो
एक यस्तै विस्वासको भर देऊ प्यारा ।

सकीदैन भन्न सङ्गै मरिन्छ बाचिन्छ
जीवनभरी नछुटिने सफर देऊ प्यारा ।

लाग्छ परेली नझिम्काई एकनासै हेरिरहु
यहि मीठो पलको एक नजर देऊ प्यारा ।

तिम्रो मायामा बगिरहु यस्सै गरी सधैंभरी
नदी जस्तो जोवनको लहर देऊ प्यारा ।

-गोमा कुमाल
माथागढी – २ रुप्से, पाल्पा
लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...