Friday 19th June 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग – २


जताततै भ्रष्टाचार, गरि खल्ती भरेका छन्
राहत भन्दै हात्तीको त्यो, मुखमा जिरा छरेका छन् ।

रोग भोक शोक चट्याङ्, बाढी पैरो हावा हुरी,
कोरोनाले दिनका दिन, मान्छेहरू मरेका छन् ।

भाँडा कुँडा खाद्यान्न र, बस्त्र पाल दिनलार्इ,
सस्तो कमसल सामान किनी, बिल पेश गरेका छन् ।

लाज शरम डर त्रास, कतै केहि नमानेर,
महादेवको साँडे सरि, ढुक्क सँग चरेका छन् ।

बुद्दिजीवी भनाउँदा, ठुलाले नै धन्दा गर्दा,
कानुनको दफा लगाइ, सोझा खोरमा परेका छन् ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गाउँपालिका-८
सुनखानी दोलखा, बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...