Wednesday 19th August 2026

नेका सभापति देउवाद्वारा प्रतिनिधिसभा विघटन विरूद्ध हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपील


तीतोपाटी – संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान गरिएको विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका हुन् ।

विज्ञप्ती जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुष १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’

त्यस्तै, उनले संसद विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको बताएका छन् ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

यही पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री ओलीको यस कदमको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
सभापति देउवाद्वारा जारी अपील जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...