Thursday 17th September 2026

राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतको पहलमा आर्थिक सहयोग


तितोपाटी- म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतले आर्थिक सहयोग गरेको छ ।

विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित डा. महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन ।

नेपाल सरकारको बिल्कुल सहयोग नरहे पनि आफ्नै बल बुता, स्रोत साधन तथा देश तथा परदेशमा रहेका नेपाली सहयोगी मनहरुको आर्थिक सहयोग दानबाट निरन्तर अगाडि बढी रहेको छ । पछील्लो समय विस्वव्यापी कोरोना भाईरसका कारण मुलुक र मुलुकबासी आक्रन्त भई रहेको कोरोना बिरुद्ध लडन बिभिन्न किसिमका उपकरणहरु आविश्कार गरी निशुल्क बितरण गरी रहेका छन ।
यसै अनुरुप, तमू समाज, कुवेतद्वारा कुवेतमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरु माझ सहयोग रकम सन्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने निधो गरे अनुसार बिभिन्न्न चरणबाट सन्कलीत रकम जम्मा ४१४ केडी ३१० फिल्स अर्थात नेपाली १,५८,३२६ रुपैया हिजो मिती २३ डिसेम्बर २०२० (८ पौष २०७७, बुधवार) समाजका सल्लाह्कार तथा नेपाल गीतकार संघका सदस्य बालक गुरुङ ज्युले आबिष्कार केन्द्र, किर्तिपुरमा डा. महाबिर पुनलाई हस्तान्तरण गरिएको तमू समाज कुबेतको अध्यक्ष अभियन्ता राजु गुरुङले जानकारी गराएका छन। सहयोग रकम हस्तान्तरण पस्चात अभियन्ता तमू समाज लगायत कुवेतमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय अविष्कार केन्द्र बारे जानकारी लिन वा केद्रले हाल सम्म हासिल गरेका उपलब्धीहारु बारे बुझ्नको निम्ती केन्द्रको युट्युब च्यानल वा फेसबुक भिजिट गर्न आग्रह गरेकाछन ।

समाजले स्वास्थ्य, विज्ञान, प्रविधि, वन, कृषि लगायतका विषयमा अनुसन्धान गरि देश विकासमा  टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय अविष्कार केन्द्रलाई आर्थिक सहयोग संकलन अभियान शुरु गरेको गुरुङले बताए ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ चलाएको अभियान बाट सन्कलित रकम र नेपाली होटेलहरुमा राखिएको’दान पेटिका’बाट सन्कलित रकमको विवरण यस प्रकार रहेको छ ।

तमू समाज, कुवेत द्वारा आयोजित तमू ल्होसार कार्यक्रममा सन्कलित रकम – १३९ केडी ८०५ फिल्स,मगर संघ, कुवेत द्वारा आयोजित माघे सकराती कार्यक्रममा सन्कलित रकम – ५४ केडी ७५० फिल्स,माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब द्वारा आयोजित एम बि बम्जन गोल्ड कप प्रतियोगिताको फाइनल खेलका दिन सन्कलित रकम – १४४ केडी २३० फिल्स, हिमालय रेष्टुरेण्ट, महाबुल्लामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ३७ केडी ४५० फिल्स,चौतारी रेष्टुरेण्ट, मालियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी,नेपाल फुड ल्यान्ड रेष्टुरेण्ट, जिलिबमा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १२ केडी ७५ फिल्स,एभरेस्ट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी ४५५ फिल्स,भेटघाट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १० केडी


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...