Sunday 21st December 2025

कविताः मुल्य र मान्यता – छन्दः देवकोटा प्रिय -हरि शर्मा (गलकोटे कवि)


भाषा र भेष सँस्कृति सबै मानव सभ्यता
सँस्कार अनि चाड र पर्व मूल्य र मान्यता
सन्तान पनि सिकेको राम्रो थपिन्छ भव्यता
देशको भक्ति कदापि छैन माटोमा सिमित ।१।🌷🌺🌼

नियम छैन कानुन छैन हरायो सभ्यता
पुराना कुरा तोडेर फाल्ने यो कस्तो मान्यता
सालिक तोड्ने पुस्तक बाल्ने अनौँठो तरीका
सज्जन सबै रोएका किन परेर बाध्यता ।२।🌷🌺🌼

मुखमा दूध घैँटोमा विष जनले गर्दछ
राष्ट्रको भक्ति माटोमा हैन मुटुमा बस्दछ
स्वदेश बसी कुकर्म गरे देशले सराप्छ
सत्कर्म गरी सबैले जुटी बनाऊँ समाज ।३।🌷🌺🌼

आगामी पुस्ता खै कस्तो बन्छ सँस्कार भाग्दैछ
सभ्यता कुना पसेको देख्दा कहाली लाग्दैछ
भोलिको लागि सोचौँ है हामी जोगाऊँ मान्यता
सिकायो भनी कसैले पनि नलिनू अन्यथा ।४।🌷🌺🌼

दुख्दैछ देश हरायो भेष बढ्दैछ कुकृत्य
भागेर गए पराई भए लक्ष्मी र शारदा
सँस्कृति रोइन् कुनामा बसी हरायो लालित्य
सँस्कार बिना टुहुरो बन्यो भाषा र साहित्य ।५।🌷🌺🌼

लेखेको किन आफूले भनी सोचेमा उत्तम
आफूले यदि नलेखे देखी होला र खतम
सर्जकहरु लेख्नको लागि भनेर नलेखे
देवकोटा बोले उत्तम होला सपनी म देखेँ ।६।🌷🌺🌼

हरि शर्मा 🌷🌺🌼
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...