Thursday 1st October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


स्वार्थ पुरा गर्न गालैमा चाट्दो रहेछ मान्छे ।
पिठो सँग पनि चामल साट्दो रहेछ मान्छे ।
आफ्नो चाहना पुरा भएपछि निर्दयी बनेर
पवित्र सम्बन्धको डोरी काट्दो रहेछ मान्छे ।

चोटैचोट छन् मुटुमा अथाह जन्मभूमि छोड्नेहरुको पीडा ।
आफ्नो बनाई बिरानो पराई जनसँग नाता जोड्नेहरुको पीडा ।
भन्ने कहाँ होला ‌मनको व्यथा सुनाउने कसलाई हो?
बुझिदिने कस्ले धर्ती ओछ्याएर आकाश ओड्नेहरुको पीडा ।

दुष्ट कोरोना भाग् मुख मोड्ने दिन आयो अब ।
तेरो जालो माहामारीको तोड्ने दिन आयो अब ।
पापको घडा भरियो तेरो ज्यादतीले दुनियाँ मा
मानवले जस्तै तेरो धर्ती छोड्ने दिन आयो अब ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...