Tuesday 24th February 2026

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो


तितोपाटी-पछिल्लो २४ घन्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेकाछन् । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

ललितपुरमा १ जना महिला र २ जना पुरुष गरी ३ जना, काठमाडौंमा २ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी नवलपरासीकी १ जना महिला, तेह्रथुम, चितवन र सुनसरीका १ –१ पुरुषको मृत्यु भएको छ भने देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
हालसम्म देशभर संक्रमित हुनेको संख्या ९०,८१४ पुगेको छ । ६७,५४२ जना  संक्रमित निको भएर घर फर्किएका छन भने ५६३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...