Friday 14th November 2025

चीनले केरुङको नेपाली भूभागमै सामान ल्याइदिने


आइतबारदेखि चीनले रसुवागढी नाकाको नेपाली भूमिमै सामान ल्याइदिने भएको छ । यसअघि चीनले रसुवागढी नाकाको मितेरीपुलको बीचमा सामान झारिदिने गरेको थियो । नेपाली पक्षले रसुवागढी नाकाको सय मिटरमा रेखांकनलगायत व्यवस्थापन कार्य सम्पन्न गरेकाले नेपाली भूभागमै सामान ल्याइदिने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘१० मिटरबराबर गाडी राख्ने ठाउँलाई एउटा रङले रेखांकन गरिएको छ भने सामान झार्ने ठाउँमा अर्को रङले रेखांकन गरिएको छ, त्यसैगरी, चिनियाँ गाडी आएर बस्ने ठाउँमा अर्को रङले रेखांकन गरिएको छ, नेपाली गाडी बस्ने ठाउँ रेखांकन गरिएको छ,’ उनले भने, ‘चिनियाँ गाडी आफ्नै ठाउँमा बस्छ, नेपाली गाडी नेपाली साइटमा बसेर लोड गर्छ ।’

चिनियाँ पक्षले एकपटकमा ल्याएको पाँच गाडी सामान झारेर फर्किएपछि नेपाली कन्टेनर र कामदारले सामान लोड गर्छन् । सामान लोड गरिसकेपछि पुनः चिनियाँ पक्ष सोही स्थानमा आएर डिसइन्फेक्सन गर्छन् र पुनः चिनियाँ पाँचवटा सवारीमा सामान ल्याएर झार्छन् । चिनियाँ एउटा सवारीमा आएको सामान नेपाली दुईवटा सवारीमा राखिँदै आएको छ ।

भन्सार प्रमुख खड्काले भने, ‘चिनियाँ पक्षले सामान अनलोड गर्दा त्यो एरिया आइसोलेटेड एरिया हुन्छ, त्यहाँ नेपाली कोही हुँदैनन् । उनीहरू फर्किएपछि मात्र हाम्रो तर्फबाट सामान लोड हुन्छ, हाम्रो सामान लोड भइसकेपछि पुनः उनीहरूले डिसइन्फेक्सन गर्नेछन् ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...