Saturday 8th November 2025

कुवेतका शेख सबाह अल अहमदको निधन प्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सबाह अल अहमद अल जावेर अल सबाहको निधन भएकामा शोक व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाहलाई सम्प्रेषण गरेको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरेकी छन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता रहेको र उनले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेकी छन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना कुवेती समकक्षी शेख सबाह अल खालिद अल हमाद अल सबाहलाई पठाएको शोक सन्देशमा कुवेती अमिरको निधन भएकामा दुःख व्यक्त गर्दै उनको देहावसानबाट नेपालले शुभचिन्तक र सच्चा मित्र गुमाएको उल्लेख गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...