Saturday 30th May 2026

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।  यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन ।

स्वास्थ्य तथा जनसंख्याका अनुशार कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका १ महिला र ३ पुरुष गरी ४ जना रहेका छन् । भने धनुषाका २ पुरुष, भक्तपुरका १ महिला र १ पुरुष गरी २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मोरङकी, सुनसरी, धादिङका १ –१ महिलाको मृत्यु भएको छ । झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका १ –१ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...