Thursday 17th September 2026

बहराइनका राजकुमार नेपालका २ हिमाल आरोहण गर्न काठमाडाैंमा


तितोपाटी – बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो ।

बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।

जहाज बहराइनबाट राति १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली दुई महिना नेपाल बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन् । राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो । उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहेको बताइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

प्रतिकृयाहरू
...