Friday 2nd October 2026

५ समसामयिक मुक्तकहरू -राम भण्डारी


भाग्यले किन बारम्बार सिन्धुलाई ठग्यो रे ।
लाला-बाला समेत लाई निर्दयीले लग्यो रे ।
पटक पटक लागेको घाउमा खाटा नबस्दै
हे ईश्वर! सुन्दैछु आजफेरी सिन्धु बग्यो रे ।

हिँजोआज काम भन्दा कुरा हुन्छ धेरै ।
व्यवहार भन्दा मुखले नै पुरा हुन्छ धेरै ।
ध्यान एउटै कमाउने अरु भ्रममा पारी
लगानी डुबाउने सुन्दरी र सुरा हुन्छ धेरै ।

जसो-तसो जिन्दगी जिइदिउँ कि कसो ।
फाटेको मन जतनले सिइदिउँ कि कसो ।
व्यथा भुलि दिलबाट एक्लोपना हटाउन
सराब त्यो मित्र सम्झि पिइदिउँ कि कसो ।

राखि दिएँ तिम्रो हातमा हात मिलेन भन्यौ ।
हाम्रो माया प्रेममा किन बात मिलेन भन्यौ ।
कुरीतिको पर्खाल तोड्दै बाधाहरु हटाएर
आएँ तिम्रो साथ अहिले जात मिलेन भन्यौ ।

धेरै बहाना बनाएर जनता लुटेको देखियो ।
आफू-आफू कुरा नमिलेर फुटेको देखियो ।
झगडा गरे जस्तो जनतामा भ्रम फैलाउँदै
आखिर खाने बेलामा फेरि जुटेको देखियो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...