Wednesday 13th May 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जना संक्रमित भइ ११७३ जना निको भए, थप ९ को मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०३९ जना संक्रमित भएका छन् । सोहि अबधिमा ११७३ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५४१५९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १५११७ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३४५ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल ३८६९७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैँका ६५ वर्षीया २ महिला र कास्कीकी ४५ वर्षीया १ महिला गरि ३ महिला रहेका छन् ।

त्यसै गरि काठमाडाैँका ४ पुरूष तथा मोरङ र सिन्धुपाल्चोकका १-१ जना पुरूष गरि ६ जना पुरूप रहेका छन् । मृत्यु हुने पुरूषहरू काठमाडाैँका ५९, ७०, ६४ र ५९ वर्षीय तथा मोरङका ६९ वर्षीय र सिन्धुपाल्चोकका ५९ वर्षीय  पुरूषहरू रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ४० हजार ५ सय २७ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेका छन् भने आइसियुमा १६९ जना र भेन्टिलेटरमा २३ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७३८७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७७३० जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८९ लाख ८५ हजार भन्दा बढि संक्रमित भइ २ करोड ८ लाख ५५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख २५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...