Sunday 25th May 2025

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, चैतमा एकता महाधिवेशन गर्ने


तितोपाटी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक भने बिभिन्न महत्वपुर्ण निर्णय गर्दै सकिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको स्थायी कमिटी बैठक टुंगिएको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका थिए भने नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय बैठकले गरेको छ भने सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

त्यसै गरि संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गरेर के–के संशोधन गर्ने भन्ने निर्णय गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल परोपकार समाज कुवेतले आगामी अगष्ट ८ तारिख २०२५ मा आफ्नो चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आयोजना गर्ने भएको…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले “कठपुतली” पीएमएल-एन सरकारसँग वार्ता गर्नु व्यर्थ भएको बताएका छन् र आफू सैन्य प्रतिष्ठानसँग वार्ता गर्न…

चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्षमा नयाँ ब्याक्टेरिया पत्ता लगाएका छन्। वैज्ञानिकहरूले तियाङगोङ अन्तरिक्ष स्टेशनमा ब्याक्टेरियाको यो नयाँ प्रजाति पत्ता लगाएका छन्। इन्टरनेशनल…

प्रतिकृयाहरू
...