Tuesday 10th June 2025

तीन समसामयिक मुक्तकहरू -राम भण्डारी


समयसँगै चल्ने एउटा बलियो घडी बनाई दिनुहोस् ।
पापी कोभिडलाई बाँध्ने हतकडी बनाई दिनुहोस् ।
यस्तो महामारीलाई पृथ्वीतल बाटै भगाउनलाई
लौन भगवान! एउटा जादुको छडी बनाई दिनुहोस् ।
‌‌ ‌

पृथ्वी भरि महामारीले सगरमाथा टेकेको छ ।
हाम्रो भविष्यलाई कालो बादलले छेकेको छ ।
भोलि वा पर्सि होईन सताईरहन्छ हरेक क्षण
मर्ने बाँच्ने के ठेगान ऋणले ढाड सेकेको छ ।

जिवित छँदै मनका ईच्छा मार्नु हुँदैन ।
आँखा बाट मोतीका दाना झार्नु हुँदैन ।
संघर्ष गर्दै जाऔं दृढ अठोटका साथ
जिवनलाई घर न घाटको पार्नु हुँदैन ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाण्डु ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ…

बिगत केही दिन देखि निक्कै चर्चामा रहेको  पाल्ल्पा  रम्भा गाउँपालिका वडा नम्बर ३ रिमिघा लेकमा भेटिएको जडीबुटी यार्सागुम्बा नै  भन्ने…

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

प्रतिकृयाहरू
...