Friday 24th July 2026

सरकारले ३ वर्ष देखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्यो


तितोपाटी – नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो ।

तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेकाे थियाे । त्यसयता बन्द रहेको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले फुकुवा गर्ने निर्णय गरेकी हुन् ।

मन्त्रालयको निर्णयमा भनिएको छ, जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

बन्द गरिएको जग्गा कित्ताकाटले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले फुकुवा गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटीङ गर्न पाइने निर्णय गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...