Wednesday 22nd July 2026

धेरै कोरोना संक्रमित हुने देशमा भारत शीर्ष दोश्रो स्थानमा


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड -19 नोवल कोरोना भाइरसको संक्रमणको हिसाबले भारत विश्वमा शीर्ष दोश्रो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा रहेको ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो । धेरै मानिस संक्रमित भएको पहिलो देशको रूपमा अमेरिका रहेको छ । अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिसकेको छ भने भारत र ब्राजिलमा क्रमशः ४२ र ४१ लाख भन्दा बढि मानिसमा संक्रमण देखिएको छ।

भारतमा एकै दिन अस्ति शनिबार ८६ हजार भन्दा बढि संक्रमित भेटिएका थिए भने हिँजो आइतबार ९० हजार भन्दा बढी मानिसमा थप संक्रमण पुष्टि भएको थियो ।

यसरी हेर्दा विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ । अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख नाघेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ हजार नाघेको छ। भारतमा कुल संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् ।

भारतमा शहरमा मात्र नभएर गाउँ क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दो छ जसको कारण दैनिक रूपमा अत्याधिक संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । त्यहाँ निको भएको दरका आधारमा भारतको अवस्था सुधारात्मक देखिए पनि लकडाउन खुकुलो भएर सर्वसाधारणले लापरवही गर्दा संक्रमण भयावह रूपमा फैलिने आंकलन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...