Thursday 14th May 2026

नेपालमा फेरि एकै दिन १४ जनाको मृत्यु, कोरोनाको कारण मर्नेको संख्या २७१ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेका छन्। मृत्यु हुने महिलामा तीनजना काठमाडौंका छन् भने एक जना चितवनकी हुन् । मन्त्रालयका अनुसार काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी सप्तरीका दुईजना ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको निधन भएको गौतमले जानकारी दिए ।

यस अघि पनि भाद्र १४ गते अाइतबार पनि १४ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...