Sunday 18th January 2026

नेपालमा फेरि एकै दिन १४ जनाको मृत्यु, कोरोनाको कारण मर्नेको संख्या २७१ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेका छन्। मृत्यु हुने महिलामा तीनजना काठमाडौंका छन् भने एक जना चितवनकी हुन् । मन्त्रालयका अनुसार काठमाडौंका ८२, ६७ र २२ वर्षीया र चितवनकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी सप्तरीका दुईजना ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको निधन भएको गौतमले जानकारी दिए ।

यस अघि पनि भाद्र १४ गते अाइतबार पनि १४ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...