Sunday 16th November 2025

लघु कथाः पासो


नारायण कोइराला – एउटा सानो रुममा साथीहरु गफमा मस्त छन्। एउटा लगेज पनि तयार गरिएको छ। कोरोनाको महामारी छ। विमललाई पर्सी घर जानु थियो। सबै तयारी पूरा भएको छ। आज उसको घरतिर सबै खुसी छन्। छोरा छोरी बाबाको कोसेलीको पर्खाइमा छन्।श्रीमतीको मनमा खुशीको लहर थियो।आमा बाबु धेरै वर्षमा आऊनी छोराको पर्खाइमा थिए।

विमल अचानक तर्सिए । सबैले समाचार सुने। सबै उडान अनिश्चितकालको लागि बन्द गरिएको थियो।
विमल क्यान्सिल जाने भएकाले विदेशको जागिर पनि सकिएको थियो।अब के गर्ने सबै बाटो बन्द भो। महामारी झन फैलिदै गयो, घर तिर सबै चिन्तामा अनि विमलको त मन कमजोर हुँदै गयो । के गर्ने सबथोक बन्द छ कोरोनको पासो झन बढी रह्यो ।

लामो समय पछि स्पेसल उडान सुरु भयो। धरै पीडा र दुःख पछि फेरि आशा पलायो। सुरुमा विमलको नाम आऊन सकैन । स्पेसल उडानको नाममा लुट मच्चियो । सबथोक गुमाएका उनीसंग के नै थियो र? लामो अंतराल पछि उनको पालो आयो । विदेसबाट त उनले कोरानको पासोलाई जित्न सके। अझै पनि दुनियाँ कहिले सम्म पासोमा पर्ने हो सोची रहे।

तानसेन पाल्पा
हाल यूएई।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...