Monday 29th December 2025

उपत्यकामा निषेधाज्ञा अलिकित खुकुलो गरि भाद्र २४ गते सम्मका लागि लम्बियो


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अघि भाद्र ३ गते एक हप्ताको लागि जारी निषेधाज्ञा भाद्र १० गते पुनः एक हप्ताको लागि लम्ब्याइएको थियो ।

एक साताका लागि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ । जारी विज्ञप्तिका अनुसार अत्यावस्यक उपभोग्य बस्तुको बिक्री वितरण गर्न बिहान ११ बजे सम्म खोल्न पाइनेछ । यस अघि यस्तो सेवा बिहान सवा ९ बजे सम्म मात्र खोल्नु अनुमति दिइएको थियो ।

अत्यावश्यक कामबाहेक घरबाट कोही निस्कने पाउने छैनन्। यद्यपि अत्यावश्यक काममै पनि १२ वर्षमुनी, ६० वर्षमाथि र जुनसुकै उमेरका भए पनि दीर्घ रोगीलाई घरबाहिर निस्कन निषेध गरिएको छ।

त्यसै गरि उपभोग्य बस्तुहो होम डेलिभरी सेवा पनि संचालन गर्न दिइने भएको छ तर त्यस्तो सेवा दिने ब्यक्तिहरू पीसीअार परीक्षण गरि रिपोर्ट नेगेटिभ अाएको ब्यक्तिले मात्र सेवा दिन सकिने तर त्यसका लागि मापदण्ड तयार भए पछि मात्रै सो सेवा संचालन गर्न दिइने भएको छ ।

निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ । विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।

जारी आदेशहरूः


सम्बन्धित शीर्षकहरु

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

प्रतिकृयाहरू
...