Tuesday 28th July 2026

उपत्यकामा निषेधाज्ञा अलिकित खुकुलो गरि भाद्र २४ गते सम्मका लागि लम्बियो


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अघि भाद्र ३ गते एक हप्ताको लागि जारी निषेधाज्ञा भाद्र १० गते पुनः एक हप्ताको लागि लम्ब्याइएको थियो ।

एक साताका लागि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ । जारी विज्ञप्तिका अनुसार अत्यावस्यक उपभोग्य बस्तुको बिक्री वितरण गर्न बिहान ११ बजे सम्म खोल्न पाइनेछ । यस अघि यस्तो सेवा बिहान सवा ९ बजे सम्म मात्र खोल्नु अनुमति दिइएको थियो ।

अत्यावश्यक कामबाहेक घरबाट कोही निस्कने पाउने छैनन्। यद्यपि अत्यावश्यक काममै पनि १२ वर्षमुनी, ६० वर्षमाथि र जुनसुकै उमेरका भए पनि दीर्घ रोगीलाई घरबाहिर निस्कन निषेध गरिएको छ।

त्यसै गरि उपभोग्य बस्तुहो होम डेलिभरी सेवा पनि संचालन गर्न दिइने भएको छ तर त्यस्तो सेवा दिने ब्यक्तिहरू पीसीअार परीक्षण गरि रिपोर्ट नेगेटिभ अाएको ब्यक्तिले मात्र सेवा दिन सकिने तर त्यसका लागि मापदण्ड तयार भए पछि मात्रै सो सेवा संचालन गर्न दिइने भएको छ ।

निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ । विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।

जारी आदेशहरूः


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...