Thursday 28th August 2025

नेपालमा कोरोनाको कारण एकै दिन थप १२ जनाको मृत्यु, मर्नेको कुल संख्या १९५


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिले सम्म कै सबैभन्दा धेरै सङ्ख्या हो। यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू विभिन्न ११ जिल्लाका रहेका छन् । तीमध्ये चार महिला र आठ पुरुष छन्।

मन्त्रालयका अनुसार मोरङमा ५६ र ६५ वर्षीया दुई महिला तथा भक्तपुरमा ६४ र मकवानपुरमा ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यसैगरी उदयपुरमा ५२ वर्षीय, पर्सामा ७२ वर्षीय, धनुषामा ४५ वर्षीय, सिराहामा ५५ वर्षीय, झापामा ८३ वर्षीय, चितवनमा ५१ वर्षीय, कास्कीमा ५२ वर्षीय र रूपन्देहीमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

यस अघि भाद्र ५ गते र भाद्र १० गते ११-११ जनाको मृत्यु भएको थियो


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...