Wednesday 22nd July 2026

राजधानी उपत्यकामा निषेधाज्ञा अवधि भाद्र १७ गते सम्म लम्बियो


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको उच्च जोखिम देखिएपछि राजधानी उपत्यकामा भाद्र ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले सो निर्णय गरेको हो ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन प्रस्ताव गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

यस अघि भाद्र १० गते बुधबारसम्मका लागि निषेधाज्ञा लागू गरिएकाे थियाे । निषेधाज्ञाको अवधिमा उपत्यकामा दैनिक दुई सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूबाट जारी सूचनाहरूः


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...