Wednesday 12th November 2025

राजधानी उपत्यकामा निषेधाज्ञा अवधि भाद्र १७ गते सम्म लम्बियो


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको उच्च जोखिम देखिएपछि राजधानी उपत्यकामा भाद्र ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले सो निर्णय गरेको हो ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन प्रस्ताव गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

यस अघि भाद्र १० गते बुधबारसम्मका लागि निषेधाज्ञा लागू गरिएकाे थियाे । निषेधाज्ञाको अवधिमा उपत्यकामा दैनिक दुई सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूबाट जारी सूचनाहरूः


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...