Friday 2nd January 2026

बाबा – छन्दः शार्दूलविक्रीडित -हरि शर्मा (सुबेदी)


बाबा नै नहुँदा बसाइ घरमा अत्यन्त सास्ती जहाँ ।
सम्झन्छौँ अति नै पुकार कति नै सुन्दिन्छ खै को यहाँ।
बाबाको भरमा जहाँन सबले लाएर खाएर यो।
भएको प्रगती चटक्क कसरी छोडेर बेकार कहाँ ।१।

ब्रम्हाण्डै भरमा कडोर जनमा मिल्ला र बाबा सरी।
बाबाको महिमा अपार गरिमा टुट्दैन कस्तै गरी ।
अज्ञानी जनले कपूत सबले बाबा र आमा पनि ।
कुत्ताको रुपमा असाध्य पिरमा पारेर सास्ती दिने ।२।

राख्दैछौ तिमीले कुभाव जसरी छोरा र छोरी पनि।
उस्तै दुष्ट बनी लिएर बदला निर्धक्क पापी बनी ।
पाखण्डी मनका उजण्ड तनका सन्तान तस्तै गरी ।
डस्नेछन् जन हो बिचार गर है सन्देश राम्रो छ यो ।३।

हरि शर्मा(गलकोटे कवि)
गलकोट बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...