Monday 28th July 2025

गजल -राज श्रेष्ठ


सुन्दा खबर अविस्वासिलो हुरी चले झैं भयो।
नेपाली साहित्य जगतको मियो ढले झैं भयो।

रोए अक्षर र शब्द आज, रोएका छन् कृतिहरु,
रुँदैछन् नेपाली जनहरु, मन यो गले झैं भयो।

लाग्यो आज धस्यो धरा फाट्यो यो मनको गरा,
चुँड्दा प्राण हजुरको दैवले ढाँटे छले झैं भयो।

राखी चितामा जलाउँदा, त्यो पार्थिव देहलाई?
नेपाली साहित्यको सिङ्गो घर नै जले झैं भयो।

अश्रुले धोई चरणकमल त्यो दिँदा श्रद्धाञ्जली,
बाल्दा दिप कविको नाउँमा आत्मा बले झैं भयो।

-राज श्रेष्ठ
हेटाैंडा, नेपाल
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...