Thursday 13th August 2026

गजल – हरि शर्मा (सुबेदी)


कुशे औँसी तिम्रो जन्म मोती भनी नाम निको।
भानुभक्त थिए गुप्त चिनाउने काम निको ।१।

भानुभक्त सरी तिमी राम भक्त थियौ आफू।
दुबै मिली जपिएको भक्तिभाव राम निको ।२।

सानैदेखी अति उच्च थियो मनोभाव पनि
काठमाण्डौ जन्म तिम्रो जन्म ठाम निको।३।

तिज कथा पिकदुत अझै अरु थुप्रै कृति
सुमधुर शैलीसँग मिसिएको साम निको ।४।

परोपकारैमा डुबी गयौ सारा जुनी भर
कतै पनि नलोभिने देखिकन दाम निको ।५।

-हरि शर्मा (गलकोटे कवि)
गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...