Friday 2nd January 2026

तिज – शालिनी छन्द -हरि शर्मा (सुबेदी)


चेली बेटी ती बसेका हबेली ।
छोराछोरी साथ बेलीचमेली।
रम्दै घुम्दै ढल्किँदै मस्त खेली।
साथैमा छन् दङ्ग साथी सहेली ।१।

बाबा आमा दाजु सारा रमाए।
खेले फुच्चा ती गुलेली समाए ।
नारी आस्थाका भरोसा बनेका।
हाम्रा चेलीले खुशीले भनेका ।२।

हरि शर्मा(सुवेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...