Thursday 1st October 2026

कविताः- नाग पूजा – लोक छन्द (झ्याउरे) -हरि शर्मा(सुबेदी)


नाग पूजा
छन्द: झ्याउरे
~~~~~
सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान।
तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ ।

प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्।
मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २।

कहिले गर्ने कुकुर पूजा कहिले कागको।
गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३।

नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।
शिवको घाँटी समाई बस्छ्न् बासुकी भएर। ४।

बासुकी नेती बनेर भयो समुद्र मन्थन ।
सिरानी शेष बनाई बिष्णु गर्दछ्न् गन्थन। ५।

नागको भर सँसार अड्छ सँस्कार भन्दछ।
त्यसैले लोक नागको पूजा रमाई गर्दछ। ६।

खेत वा बारी बनाई थान नाग र झाँक्रीको।
गरेको पूजा सम्झना आज बेसरी आएको। ७।

मकैको बोट लगेर त्यहीँ आडमा गाडिन्थ्यो।
गोबर कुण्ड बनाई दूध धारा नि दिइन्थ्यो ।८।

गाईको दूध चामल राखी पायस पाक्दथ्यो।
देउता पूजा सिद्धिएपछि मुखमा राख्दथ्यौँ ।९ ।

नागको चित्र गरियो पूजा थानमा राखेर।
टाँसेको त्यही घरमा लगी दैलाको उपर।१० ।

कल्कीको रुप बिष्णुले लिने कलिको युगमा ।
आजकै दिन पर्दछ भन्ने शास्त्रको मान्यता ।११ ।

आजको दिन सम्झना आयो मन नै रसायो।
सम्झना अझै बल्झेर आयो त्यसैले रुवायो । १२ ।

कामना शुभ दिनको निम्ति कविता लेखेको ।
आजको दिन सुखमा बितोस् हजुरहरुको । १३ ।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...