Monday 27th July 2026

नेपालको कोरोना अपडेटः कुल १८२४१ संक्रमित, १२८४० निको भए, ४३ जनाको मृत्यु


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएर १८२४१ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३५८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५६ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १२८४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृतक वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २७ हजार ६ साय १४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५४ लाख ५ हजार भन्दा बढि संक्रमित भइ ९३ लाख ८१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ३१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

प्रतिकृयाहरू
...