Saturday 15th November 2025

कुवेतमा नुवाकोटका सागर राईको हृदयघातको कारण मृत्यु


चन्द्र गाेतामे – कुवेतमा एक जना नेपालीको हृदयघातको कारण मूत्यु भएको छ । राहदानी नम्बर ०७८६३१७२ का नुवाकोट घर भएका सागर राईको हृदयघातका कारण फर्वानिया अस्पतालमा उपचारको क्रममा १३ जुलाई २०२० मा मृत्यु भएको हो ।

विगत चार वर्ष देखि रोजगारीको सिलसिलामा कुवेतमा रहेका राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए । कम्बाइन्ड ग्रुप कम्पनीका फोरमेन रोल बहादुर बिश्वकर्माका अनुसार “मृतक राईको दुबै मृगौला फेल भएकोले पन्ध्र दिन पहिले फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको प्रारम्भिक जानकारी भने कम्पनीमा १५ जुलाई २०२० मा आएको थियो ।”

नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार “सागर राईको मृत्य भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । उनको हृदयघातको कारण मूत्यु भएको अस्पतालले जनाएको छ । उनको शव नेपाल पठाउनको लागि कानुनी प्रक्रियाका कामहरु अगाडि बढाई सकिएको तर मृतक राईको परिवार संग सम्पर्क गर्नको लागि बारम्वार कोसिस गर्दा पनि सफल हुन सकेको छैन । हिजो एक नम्बर उपलब्ध भएको थियो त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।” । उनले थपे “मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन ।”

मृतक ३५ वर्षीय सागर राईका घरमा श्रीमती एक १४ वर्षका छोरा र एक १२ वर्षकी छोरी छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...