Friday 19th June 2026

साउने सक्रान्ति – लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


साउने सक्रान्ति
लोक छन्द: झ्याउरे
***************
गलकोटमा जन्मेको म त गल्कोटे भन्दछन् ।
चलेको रीति यहाँको आफ्नै सबैले मान्दछन् । १ ।

खेतको काम सकिए पछि बारीको थालेको ।
बारीको पनि सकियो काम खटिरा फालेको । २ ।

हिलो र धूलो झरी र वादल प्रशस्त खेपियो ।
साउने यो सक्रान्ती आज झुलुक्क देखियो । ३ ।

साउन मैना शिवको पूजा गरिन्छ घरमा ।
कल्याण होस सबैको भनी परिन्छ भरमा । ४ ।

साउन मैना अनिकाल लाग्ने समय रहेछ ।
शिवको पूजा भएर मात्र कल्याण भएछ । ५।

जा लुतो भनी खटिरा पनि हामीले धपाको ।
अगेना बाट अगुल्टो झिकी बेसरी मिल्काको। ६ ।

नुवाकोट बाट चमुवा ताकी अगुल्टो फालेको ।
त्यसैमा फेरि चिच्चाईकन कोहोलो हालेको । ७ ।

खरुवाबाट आगाको झिल्का चमुवा देखिने ।
चमुवाबाट ताकेर फेरि नुवाकोट फेकिने । ८।

अनौठो खेल चलेको सम्झेँ गाउँको विचमा ।
दुवैको भेट हुन्थ्यो नि फेरि त्यै वर्ष तीजमा । ९ ।

साँझको बेला रमिता हेर्न बाहिर निस्किने ।
बाबाको साथ अगुल्टो लिई हामी नि जिस्किने । १० ।

सुखको थियो बालक पन हाँसेर बितायौँ ।
कोरोना पाजी आउला भनी कहाँ पो चितायौँ । ११ ।

अहिले डर कोरोना भयो सँसार भरमा ।
लखेट्ने प्रण गरौँ है हामी बसे नि घरमा । १२ ।

हरि शर्मा (सुबेदी)
गलकोट-नुवाकोट, बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...